५ बैशाख २०८३, शनिबार । April 18, 2026

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा


१२ चैत्र २०८२, बिहिबार  

21
Shares

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरू गरेको छ।

कम्पनीले नेपाल, भारत र बंगलादेशसहित विश्वका विभिन्न गन्तव्यका लागि टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत यात्रुहरूले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उडान टिकट प्राप्त गर्न सक्नेछन्। “जहाँ हरेक यात्रा विश्वासबाट सुरु हुन्छ” भन्ने नारासहित कम्पनीले ग्राहक सेवा, विश्वसनीयता र सहज पहुँचलाई प्राथमिकतामा राखेको कम्पनीका निर्देशक निरज गोतामेले जानकारी दिए।

निर्देशक गोतामेका अनुसार उनी लामो समय डेनमार्कमा इकोनोमिक्समा मास्टर अध्ययन पूरा गरी पोर्चुगल पुगेर उक्त व्यवसाय सुरू गरेका हुन्। विदेशमा अध्ययन र अनुभव हासिल गरेपछि दक्षिण एसियाली समुदायलाई लक्षित सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए। यूरोनेपाल ट्राभलको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ प्रक्रिया सहज बनाइएको छ।

विभिन्न एयरलाइन्सका उडान विकल्पहरू एकै ठाउँबाट उपलब्ध गराउँदै यात्रुहरूलाई आफ्नो आवश्यकता अनुसार विकल्प छनोट गर्न सक्ने सुविधा दिइएको कम्पनीले जनाएको छ। साथै, प्रयोगमैत्री अनलाइन प्रणाली, सुरक्षित बुकिङ र भरपर्दो सेवामार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।

लिस्बनको आर.बाराउँ दे साब्रोसा क्षेत्रमा रहेको कार्यालयबाट सञ्चालन भइरहेको यस सेवाले एयर टिकटिङसँगै होटल बुकिङ, टुर प्याकेज, व्यक्तिगत यात्रा योजना निर्माण, भिसा सेवा तथा डकुमेन्टेसनजस्ता सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। यात्रुहरूको आवश्यकताअनुसार अनुकूलित यात्रा योजना तयार गर्ने र अन्तर्राष्ट्रिय यात्रा सहज बनाउने लक्ष्य कम्पनीले लिएको छ।

त्यसैगरी, कम्पनीले २४र७ ग्राहक सहायता, अनलाइन तथा फोनमार्फत बुकिङ सुविधा उपलब्ध गराएको छ, जसले यात्रुहरूलाई अझ सहज र छिटो सेवा प्राप्त गर्न मद्दत पुर्‍याउने बताइएको छ। पछिल्लो समय पोर्चुगलमा नेपाली, भारतीय तथा बंगलादेशी समुदायको संख्या बढ्दै गएको सन्दर्भमा यस्तो लक्षित सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

विशेषगरी विदेशमा रहेका श्रमिक तथा विद्यार्थीहरूका लागि सस्तो र भरपर्दो टिकट सेवाले यात्रा व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ। कम्पनीले यात्रुहरूलाई सिधै सम्पर्क गरी आफ्नो यात्रा योजना अनुसार टिकट बुक गर्न आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले +351 920 250 236 नम्बरमा सम्पर्क गर्न सक्ने निर्देशक गोतामेले जानकारी दिए।

यस पहलले पोर्चुगलस्थित दक्षिण एसियाली समुदायको यात्रा आवश्यकतामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित