१६ श्रावण २०८३, शनिबार । August 2, 2026

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा


१२ बैशाख २०८३, शनिबार  

0
Shares

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित गर्दै युरोनेपाल ट्राभलले सस्तो हवाई टिकटको विशेष अफर सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड दशैं र तिहारलाई ध्यानमा राखेर ल्याइएको यो योजनाले नेपाल–युरोप आवतजावत गर्ने यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यस अफरअन्तर्गत यात्रुहरूले किफायती दरमा हवाई टिकट प्राप्त गर्न सक्नेछन्। यात्रालाई सहज र आरामदायी बनाउन विभिन्न अन्तर्राष्ट्रिय विमान सेवासँग सहकार्य गरिएको छ। विशेष गरी कतार एयरवेज, एमिरेट्स र टर्किस एयरलाइन्स जस्ता प्रतिष्ठित एयरलाइन्समार्फत यात्रा गर्न सकिने व्यवस्था गरिएको युरोनेपाल ट्राभलका कार्यकारी निर्देशक निरज गोतमेले जानकारी दिए।

यस योजनामा यात्रुहरूले ४५ केजीसम्म सामान बोक्न पाउने सुविधा पनि समावेश गरिएको छ, जसले दशैं–तिहारमा घर फर्किने नेपालीहरूलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। “सस्तो दर, आरामदायी यात्रा” भन्ने नारासहित सेवा प्रदान गर्दै आएको कम्पनीले अनलाइन तथा प्रत्यक्ष सम्पर्कमार्फत टिकट बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कार्यकारी निर्देशक गोतमेले भने, “दशैं–तिहारको अवसरमा घर फर्किन चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र किफायती यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले यो विशेष अफर ल्याएका हौं। हामीले विश्वसनीय एयरलाइन्ससँग सहकार्य गरेर यात्रुहरूलाई सुरक्षित र आरामदायी सेवा दिने प्रयास गरेका छौं।”

कम्पनीको कार्यालय लिस्बनस्थित आर. बाइरो दो साब्रोसा क्षेत्रमा रहेको छ भने ग्राहक सेवाका लागि फोन तथा व्हाट्सएप सुविधा समेत उपलब्ध रहेको जनाएको छ। दशैं–तिहारमा नेपाल फर्किने योजना बनाएका नेपालीहरूका लागि यो अफर उपयोगी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर