काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्ने सरकारले मुलुकको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ । विशेष गरेर लामो समय मुलुकको नेतृत्व गरेको नेपाली काँग्रेस र नेकपा एमालले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डालाई अगाडि सार्यो भन्ने सबैको चासोको विषय बनेको…