काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल आइतबार भत्किँदा ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पर्खालबाट ईंट्टाहरु तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने कसैलाई नलागेको बताइएको छ । घाइतेहरुको हाल वीर अस्पतालमा…