९ कार्तिक २०८३, सोमबार । October 26, 2026

प्रचण्ड र रवि लामिछानेबीच के-के भयो कुराकानी ?


१७ बैशाख २०८०, आइतबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटार पुगेर सांसद समेत रहेको लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले १० बैशाखमा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएकामा लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सर्वाधिक मत पाएर सांसद निर्वाािचत भएका रास्वपाका लामिछानेले आज केन्द्रीय समिति बैठक बोलाएका छन् ।

केन्द्रीय बैठक बस्नुअघि उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् । केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थनबारे निर्णय लिइने बताइएको छ । गत पुस २६ गते रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर, नागरिकता विवादमा सर्वोच्चले विपक्षमा फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री, सांसद पद गुमेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा