४ चैत्र २०८१, मंगलबार । March 18, 2025

कार्यविधिविपरीतका २२१ सुरक्षाकर्मी फिर्ता

काठमाडौँ — राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षामा खटिँदै आएका २ सय २१ सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयलाई निर्देशन दिएपछि नेपाल प्रहरीका १ सय ३ र सशस्त्र प्रहरीका १ सय १८ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् । पूर्वसभामुखद्वय रामचन्द्र…