११ असार २०८३, बिहिबार । June 25, 2026

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी


११ असार २०८०, सोमबार  

6
Shares

एजेन्सि । लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कफ्र्यूको घोषणा गरेका छन ।

गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो । राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ । क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताएका छन ।

कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतङ्कवादी हमलापछि आफूले यस्तो कदम चालेको बताए । राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा (एमएस–१३) समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर