२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


११ असार २०८०, सोमबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर रु पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । सोल्टी होटल रु २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी रु २२ करोड ३७ लाख ९९ हजार सात सय १९ बराबरको शेयर कारोबार भएको छ ।

साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १५ करोड ४९ लाख ९६ हजार चार सय ६४ र नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ८६ लाख ३९ हजार तीन सय २६ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सिभिल लघुवित्त नौ दशमलव ९७ र माउण्टेन इनर्जी नेपालले शेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेको छ ।

सुपर मादी हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ९४, विन नेपाल लघुवित्तको छ दशमलव २५, मोलुङ हाइड्रोपावरको पाँच दशमलव १९, कालिञ्चोक दर्शन चार दशमलव ३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ