काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । कांग्रेस सँगको सहकार्य तोडेर एमाले–रास्वपा लगायतका दलहरुसँग सहकार्यको हात अघि बढाएका प्रचण्डले नयाँ मन्त्रिमण्डल बनाएका हुन् । जसमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रबाट ५ र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना मन्त्रि भएका छन् । एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ…