१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आइतबार सांझ प्रधानमन्त्रीको सरकारी निकास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री संगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए । भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।