अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए । यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी…