६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

बैशाख २६ गते बुधबार दिनभर के–के भयो ?

रविले गरे पदको दुरुपयोग ! एमाले–कांग्रेस नयाँ गठबन्धनको चर्चा ! सत्ताका लागि मरिमेट्ने प्रचण्ड ! पार्टी फुटपछि भौतारिएका उपेन्द्र…



रविले पदको दुरुपयोग गरेको कांग्रेसको ठहर
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी अनुसन्धान र अभियोजन नभएको भनी दिएको पत्रबारे पनि छलफल भएको थियो । बैठकमा प्रमुख सचेतक रमेश लेखकले मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासहितको बैठकमा भएको कुराकानीबारे जानकारी गराएका थिए ।

शिक्षा मन्त्रालयको कडा निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका शिक्षकहरूलाई फिर्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले मन्त्रालयबाट काजमा बसेका शिक्षकलाई फिर्ता गराउने निर्देशन आएको बताएका हुन् । शिक्षकहरुलाई जथाभावी काजमा राखिएको गुनासो आइरहेकाले मंगलबार सचिवस्तरीय निर्णय गरी केन्द्रलाई निर्देशन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसा दाहालले बताए ।

एमाले–कांग्रेस सरकार बनाउने चर्चा
नेपाली कांग्रसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बिषयमा संवाद नभएको बताएका छन् । तर, आम नागरिकमा जस्तै दुबै दलभित्र पनि मुलुकमा धेरै स्थिरता भएकाले ठूला दलहरु मिलेर सरकार बनाउने हो कि भन्ने धारण रहेको समेत उनको भनाई थियो । बुधबार सञ्चारकर्मिहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले राजनीतिक दलहरुबीच वार्ता र संवाद हुनु स्वभाविक भएपनि आफूहरु अहिले नै समीकरण भत्काउने गरि नहतारिएको बताए ।

सत्ताका लागि जे पनि गर्न तयार प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी भएपनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरुसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भएपनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् । साथै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।

पार्टी फुटेपछि भौतारिएका उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल विभाजन भएको दाबी गरेका छन् । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनको ठहर छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

सुनकोशी–मरिन डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थु्र’ भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्री प्रचण्डको विश्वास थियो । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् ।

कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन गर्दै उनले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिएका हुन् । उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न आग्रह गरेका हुन् ।

नवनिर्वाचित सांसद सुहाङको शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश