१७ बैशाख २०८३, बिहिबार । May 1, 2026

बैशाख २६ गते बुधबार दिनभर के–के भयो ?

रविले गरे पदको दुरुपयोग ! एमाले–कांग्रेस नयाँ गठबन्धनको चर्चा ! सत्ताका लागि मरिमेट्ने प्रचण्ड ! पार्टी फुटपछि भौतारिएका उपेन्द्र…


२६ बैशाख २०८१, बुधबार  

153
Shares

रविले पदको दुरुपयोग गरेको कांग्रेसको ठहर
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी अनुसन्धान र अभियोजन नभएको भनी दिएको पत्रबारे पनि छलफल भएको थियो । बैठकमा प्रमुख सचेतक रमेश लेखकले मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासहितको बैठकमा भएको कुराकानीबारे जानकारी गराएका थिए ।

शिक्षा मन्त्रालयको कडा निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका शिक्षकहरूलाई फिर्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले मन्त्रालयबाट काजमा बसेका शिक्षकलाई फिर्ता गराउने निर्देशन आएको बताएका हुन् । शिक्षकहरुलाई जथाभावी काजमा राखिएको गुनासो आइरहेकाले मंगलबार सचिवस्तरीय निर्णय गरी केन्द्रलाई निर्देशन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसा दाहालले बताए ।

एमाले–कांग्रेस सरकार बनाउने चर्चा
नेपाली कांग्रसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बिषयमा संवाद नभएको बताएका छन् । तर, आम नागरिकमा जस्तै दुबै दलभित्र पनि मुलुकमा धेरै स्थिरता भएकाले ठूला दलहरु मिलेर सरकार बनाउने हो कि भन्ने धारण रहेको समेत उनको भनाई थियो । बुधबार सञ्चारकर्मिहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले राजनीतिक दलहरुबीच वार्ता र संवाद हुनु स्वभाविक भएपनि आफूहरु अहिले नै समीकरण भत्काउने गरि नहतारिएको बताए ।

सत्ताका लागि जे पनि गर्न तयार प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी भएपनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरुसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भएपनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् । साथै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।

पार्टी फुटेपछि भौतारिएका उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल विभाजन भएको दाबी गरेका छन् । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनको ठहर छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

सुनकोशी–मरिन डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थु्र’ भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्री प्रचण्डको विश्वास थियो । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् ।

कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन गर्दै उनले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिएका हुन् । उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न आग्रह गरेका हुन् ।

नवनिर्वाचित सांसद सुहाङको शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित