७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छुः सांसद नेम्वाङ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताएका हुन् ।

दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाएका थिए । “नेपालमा धेरै विकासका काम अघि बढेका छन् ।

धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ ।

बुबा (सुवास नेम्वाङ)ले देखाएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु”, सांसद नेम्वाङले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश