६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल



ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ ।

यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ । महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरु छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउँछन् स्थानीय वीरेन्द्र तितुङ । उनि भन्छन्, “हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ ।” सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एकपटक भए पनि वसन्त ऋतुको सम्झना गराउने गरेको बताउँछिन् ।

विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु अन्य देशमा फरक फरक रङ्गका जकाराण्डा देखिने भए पनि यहाँ एकै रङ्मा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राख्छिन् । उनि भन्छिन, “जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रङ्गको हुन्छ तर यो चक्रपथमा एकै रङ्गको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रङ्गको भयो भने झन् शोभनीय देखिन्थ्यो ।” ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तिमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् ।

केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश