एजेन्सी । आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले पुरुष व्यावसायिक क्रिकेटमा लगातार पाँच बलमा पाँच विकेट लिने पहिलो बलरको रूपमा कीर्तिमान बनाएका छन्। इन्टर-प्रोभिन्सियल टी-२० ट्रफीमा मन्स्टर रेड्सबाट खेल्दै उनले नर्थ-वेस्ट वारियर्सविरुद्ध यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। क्याम्फरले आफ्नो २.३ ओभरको स्पेलमा १६ रन खर्चिएर ५ विकेट लिएका थिए। कप्तानसमेत रहेका उनले दोस्रो र तेस्रो ओभरमा…