९ पुस २०८२, बुधबार । December 25, 2025

निरन्तरको बर्षाले जनकपुर जलमग्न, जनजीवन प्रभावित

जनकपुर । सोमबार रातिदेखि परेको निरन्तरको बर्षाले मधेश प्रदेशको राजधानी जनकपुरधाम जलमग्न भएको छ । वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ…