१ कार्तिक २०८३, आइतबार । October 18, 2026

कोपा अमेरिका २०२४

कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा


१९ असार २०८१, बुधबार  

423
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेल्दै कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा पुगेका छन् ।

बुधबार बिहान सम्पन्न खेलमा कोलम्बिया र ब्राजिल १–१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् । यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो ।

यो बराबरीपछि समुह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । समुह डी मा रहेका कोस्टारिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि