५ आश्विन २०८३, सोमबार । September 21, 2026

रास्वपा बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भए महामन्त्री मुकुल ढकाल


१९ असार २०८१, बुधबार  

9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा.मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्।

रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ढकालले मुखमा कालो टेप लगाएका हुन्। महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको विरोधमा मुखमा कालो टेप लगाएको उनले बताएका छन्। यसअघि उनले देशका ३९ जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गरेका थिए।

उनले सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किंदै गएको उल्लेख छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा