१० पुस २०८२, बिहिबार । December 25, 2025

पूर्वमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । थापा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई केहीदिन अघि मात्र सीआईबीले पक्राउ गरेको थियो ।