काठमाडौं । सरकारले कीर्तिपुरको टीयू क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ । सोमबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका हुन् । उनले यसको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । उनले लेखेका छन, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक…