४ असार २०८३, बिहिबार । June 18, 2026

महिला एसिया कप क्रिकेट

भारतको लगातार दोस्रो जित, यूएई ७८ रनले पराजित


६ श्रावण २०८१, आइतबार  

108
Shares

एजेन्सी । महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार भएको समूह ए अन्तर्गत भएको खेलमा भारत ७८ रनले विजयी बनेको हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो । भारतले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २३ रन बनाउन सक्यो । यूएईका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् ।

उनले मात्र ३२ बलमा ३ चौका र १ छक्का हिर्काइन् । त्यस्तै, ओपनर इशा ओजाले ३६ बलमा ३८ रनको योगदान दिइन् । खुसी शर्माले १३ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट हासिल गरे ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा