बागलुङ । मङ्गलबार साँझदेखि परेको लगातारको भारी वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खस्दा बागलुङ नगरपालिका–१० को दब्ल्याङ क्षेत्रमा सडक बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउने प्रयास सम्भव नभएको जानकारी दिए। पानी रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने उनले…