४ फाल्गुन २०८२, सोमबार । February 17, 2026

उड्नै लाग्दा धावनमार्गबाट किन फर्कियो श्री एयरलाइन्सको विमान ?

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको हो । श्री एयरलाइन्सका अनुसार विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर हो ।