३ आश्विन २०८३, शनिबार । September 19, 2026

पेरिस ओलम्पिक–२०२४ को समापन आज, ३९ स्वर्णसहित चीन शिर्ष स्थानमा


२७ श्रावण २०८१, आइतबार  

2k
Shares

काठमाडौं । उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।

​स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ। प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ। १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ। आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ।

दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्। इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्। ओलम्पिक अन्तर्गत आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली