१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

3.8k
Shares

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६२ जनाको ज्यान गएको छ ।

दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५८ जना यात्रु गरी ६२ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासिय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ । प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् ।

एटीआर ७२–५०० विमान दुर्घटनापछि । फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ