१९ असार २०८३, शुक्रबार । July 3, 2026

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

काठमाडौं। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो। यससँगै अब परराष्ट्रमा नयाँ सचिव सिफारिस हुनेछन् । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रूपमा नियुक्त भएकी थिइन्।