काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन शक्तिलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कर्णालीले चितवनलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट चितवनले २५–२० ले जितेको थियो भने दोस्रो सेट कर्णालीले २५–१८ ले जितेको थियो । त्यस्तै तेस्रो सेट चितवनले २५–२१ ले जितेको थियो भने…