काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमलाई ५९ रनले पराजित गर्दै एपीएफले आफ्नो तेस्रो जित निकालेको छ । सुदूरपश्चिमको भने यो पहिलो पराजय हो । एपीएफले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ६७ रन मात्र बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले…