२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ । राती भने कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

तराइमा मुख्यतयाः सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई