५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

दोलखामा बस दुर्घटना, १५ जना घाइते

दोलखा । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ। दोलखा भीमेश्वर नगरपालिका–८ चरङ्गेस्थित चरिकोट–लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३–०१–००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका छन्। उनीहरुमध्ये १०…