सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ बसेरिमा शनिबार साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । जसमध्य एकजनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन् । घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा…