२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने


१ चैत्र २०८१, शनिबार  

18
Shares

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहितको यो सम्मान दिने निर्णय गरेको हो । भोजपुरमा २००२ साल असार ३२ गते जन्मिएका सुन्दास तीन दशकभन्दा बढी समयदेखि सामाजिक न्यायको क्षेत्रमा सक्रिय छन्।

२०७४ देखि २०७८ सम्म बहराइनका लागि नेपाली राजदूतका रूपमा काम गरेका उनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि पनि विभिन्न भूमिकामा योगदान पुर्‍याएका छन्। सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दास २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिमा सदस्य थिए। उनले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए भने २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि तीन महिनासम्म शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षका रूपमा २० वर्ष काम गरेका उनले एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्यको रूपमा समेत योगदान दिएका छन्। पुरस्कार प्राप्त गर्न लाग्दा आफूलाई हौसला मिलेको बताउँदै सुन्दासले समाज परिवर्तनका लागि आफू निरन्तर काम गरिरहने बताए। उनले भने, “जीवनमा सक्षम भएर काम गर्न थालेपछि बुद्धको सिद्धान्तलाई अनुसरण गरेको छु। मैले कमाएको केही पैसा समाजको सहयोगका लागि खर्च गर्ने प्रण गरेको थिएँ।

नामका लागि होइन, समाजको परिवर्तनका लागि काम गरेको हुँ। सम्मान पाउँदा खुसी लागेको छ, तर सम्मानका लागि मात्र मैले काम गरेको होइन।” उनले भोजपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने ‘भोजपुरको चिनारी’ नामक पुस्तक लेखेका छन् भने ‘चोरिएको रात’ नामक कथा संग्रह पनि प्रकाशित गरिसकेका छन्।

यसअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मानित भएका थिए।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६