२२ माघ २०८२, बुधबार । February 4, 2026

प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा

एजेन्सी । भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ । हरेक वर्षजस्तो प्रदूषणका कारण समस्या भोगिरहेको दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ भने प्राथमिक तहमाथिका विद्यालयमा…