५ असार २०८३, शुक्रबार । June 19, 2026

प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा


२० कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ ।

हरेक वर्षजस्तो प्रदूषणका कारण समस्या भोगिरहेको दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ भने प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । सरकारले डिजेलबाट चल्ने ट्रक तथा अन्य साना सवारी साधन चलाउन रोक लगाएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।

दिल्ली एनसीआरले आईतबार खराब हावा रेकर्ड गरेको छ। नोएडाले ’धेरै खराब श्रेणीमा ३४९ को वायु गुणस्तर सूचकांक एम क्यु आई रेकर्ड गरेको छ । ० देखि १०० सम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने १०० देखि २००लाई मध्यम, २०० देखि ३०० खराब र ३०० देखि ४००लाई अत्यन्तै कमजोर मानिन्छ । यस्तै ४०० देखि ५०० वा सोभन्दा माथिको वायु गुणस्तर सूचकलाई अत्यन्तै कमजोर वा गम्भीर मानिन्छ।

प्रदूषणका कारण दिल्लीमा श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा