१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट ‘डिस्चार्ज’


२० कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएको उनका सहयोगीले बताएका छन् ।

गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ । पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे ।

एक स्थानीय टिभी च्यानलले उनलाई निलो रङ्गको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो । पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उहाँ चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते भएका थिए । आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ ।

सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् ।प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पुर्‍याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् । खानले भने घटनामा दुई जना बन्दूकधारीको सम्लग्नता रहेको दाबी गरेका छन् । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको सम्लग्नता रहेको दाबी पनि गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था