७ बैशाख २०८२, आइतबार । April 21, 2025

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ हजारले बढ्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।

यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ११ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक