काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।…