कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । यो विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुन लागेको हो । जसले गर्दा यतिबेला पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको…