४ असार २०८३, बिहिबार । June 18, 2026

कोशी प्रदेशमा TAN र केनेक्ट किसानबिच नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि रणनीतिक बैठक


४ चैत्र २०८१, मंगलबार  

12
Shares

काठमाडौं । कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र केनेक्ट किसानबिच एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

यस बैठकको मुख्य उद्देश्य नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिहरूमा छलफल भएको छ । बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा.शरण कुमार पाण्डे, कनेक्ट किसानका निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन नेउपाने लगायतका प्रमुख व्यक्तिहरू उपस्थित रहेको थियो ।

यस बैठकमा चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष ध्यान दिइएको थियो। नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तिकरणलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो।

टी एलायन्स अफ नेपाल र कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउन र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने आशा गरिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा