रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ, र त्यसको असर स्थानीय व्यवसाय, पर्यटन र रोजगारमा गहिरिँदै गएको छ। यही निराशाजनक अवस्थाविरुद्ध रुपन्देहीका उद्योगी–व्यावसायी, सामाजिक संस्था र सरोकारवालाहरू आन्दोलित बनेका छन्। उद्योग–व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को नेतृत्वमा जिल्लाका दुई दर्जनभन्दा बढी संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमै एक घण्टा धर्ना…