३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

मंगलबार पनि सेयर बजारमा गिरावट, नेप्से २८०० अंकमुनि झर्यो


२७ श्रावण २०८२, मंगलबार  

12
Shares

काठमाडौं । मंगलबारको कारोबार दिनमा पनि सेयर बजारमा गिरावट देखिएको छ।

नेप्से परिसूचक २६.२२ अंकले घट्दै मनोवैज्ञानिक २८०० अंकको तहभन्दा तल पुगेर २७९६.२४ अंकमा बन्द भएको हो। आजको दिनमा कुल ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। कारोबारमा सहभागी भएका कम्पनीहरूमध्ये मात्र २४ वटाको मूल्य बढ्दा २२५ वटामा गिरावट आयो र १ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकमा होटल तथा पर्यटन समूह बाहेक सबै क्षेत्र नकारात्मक भए पनि कुनै पनि समूहमा घटबढको दर २ प्रतिशत नाघेन। बजारमा गिरावट हुँदाहुँदै पनि सिटी होटलका लगानीकर्ताले आज सबैभन्दा बढी लाभ पाए, जसको मूल्य ९.९९ प्रतिशतले उक्लियो। विपरीत, सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतको क्षति बेहोर्नु पर्‍यो।

कारोबार रकमको हिसाबले नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार २६ करोड ७७ लाख रुपैयाँभन्दा बढी भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स, लक्ष्मी लघुवित्त र शिवम् सिमेन्टले पनि २० करोड रुपैयाँभन्दा माथिको कारोबार गरे।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय