गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गएराति परेको लगातारको वर्षाले सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार, “गत वर्षको बाढीले सामान्य क्षति पुर्याएको सडक समयमा मर्मत नहुँदा यसपटकको वर्षाले थप क्षति पुर्याएको…