२३ असार २०८२, सोमबार । July 8, 2025

बर्षाका कारण देशभरका ११ मुख्य राजमार्ग प्रभावित, ६ पूर्णरूपमा बन्द



काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका ११ वटा मुख्य राजमार्गको सडक यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले बिहीबार बिहान ९:१६ बजे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विभिन्न जिल्लाका सडकहरू अवरुद्ध भएको जनाएको हो। प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती राजमार्गहरूमा बाढी र पहिरोले अवरोध सिर्जना गरेको छ।

जसमा ६ वटा सडक पूर्णरूपमा बन्द छन् भने बाँकी ५ सडकहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

यातायातमा परेको असरले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने पहिरोको जोखिम अझै कायम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

कहाँ–कहाँ अवरुद्ध सूची हेर्नुहोस्:

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले