२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बर्षाका कारण देशभरका ११ मुख्य राजमार्ग प्रभावित, ६ पूर्णरूपमा बन्द


५ असार २०८२, बिहिबार  

132
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका ११ वटा मुख्य राजमार्गको सडक यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले बिहीबार बिहान ९:१६ बजे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विभिन्न जिल्लाका सडकहरू अवरुद्ध भएको जनाएको हो। प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती राजमार्गहरूमा बाढी र पहिरोले अवरोध सिर्जना गरेको छ।

जसमा ६ वटा सडक पूर्णरूपमा बन्द छन् भने बाँकी ५ सडकहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

यातायातमा परेको असरले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने पहिरोको जोखिम अझै कायम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

कहाँ–कहाँ अवरुद्ध सूची हेर्नुहोस्:

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ