२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा



कैलाली । कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो । शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरेका गरेका छन् । कार्यक्रममा कैलाली –३ प्रदेशसभा (२) का नवनिर्वाचित सदस्य खुसीराम डगौंरा, नगरप्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

उक्त महोत्सव यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारू परम्परा, कला, संस्कृति प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो । कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेषगरी थारू समुदायको पुरानो गुरुवाहरुद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारू समुदायको स्थानीय प्रतिभाको संरक्षण संवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।

महोत्सवमा थारू संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ–गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारू जनजाति तथा आदिवासी समुदायको रहनसहन वेषभूषाका साथै विभिन्न थारू नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ । थारू समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशकदेखि यहाँ महोत्सवको आयोजना गरी लवाङ्गी पूजा मनाउने गरिन्छ ।

लवाङ्गी पूजाको अन्तिम दिन जीवनरक्षाका लागि थारू रीतिअनुसार सामूहिकरूपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारू समुदायमा अहिलेसम्म चलिआएको छ । थारू समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा ९घोडाघोडी०मन्दिर भन्ने गर्दछन् । यहाँ कैलाली, कञ्चनपुर, दाङबाट भक्तजन आउने गर्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको