४ आश्विन २०८३, आइतबार । September 20, 2026

आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने


६ असार २०८०, बुधबार  

3
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर शोक बिदा दिएको छ ।

प्रदेशको आकस्मिक मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटनामा मन्त्री सिंह सहित उनको श्रीमती र भाउजूको पनि ज्यान गएको थियो ।

मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली