२३ आश्विन २०८३, शुक्रबार । October 10, 2026

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड


३ आश्विन २०८३, शनिबार  

36
Shares

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि र सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट अधिवेशन–२०२६ भक्तपुरमा आयोजना गरिएको छ।

अधिवेशनमा सहभागी वक्ताहरूले बालबालिकामा सकारात्मक सोचको विकास, उनीहरूको क्षमता पहिचान तथा नेतृत्व विकासका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन संस्थागत प्रयासलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले अप्टिमिष्ट इन्टरनेसनलले नेपालमा विभिन्न सामाजिक तथा सेवामूलक काम गर्दै आएको बताए। समाजसेवा निरन्तर गरिरहनुपर्ने उल्लेख गर्दै उनले सेवा गर्ने भावना कहिल्यै रोक्न नहुने धारणा राखे। बालबालिकाको विकास र उनीहरूको क्षमतालाई सही दिशामा अघि बढाउन यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने उनले बताए।

अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट गभर्नर प्रताप थापाले संस्थाले बालबालिका तथा युवाको व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले संस्थाको उद्देश्यअनुसार विभिन्न समुदायमा पुगेर सकारात्मक काम गर्ने र सदस्यहरूबीच सहकार्य बढाउने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कार्यक्रम संयोजक रिना श्रेष्ठले अप्टिमिष्ट इन्टरनेसनलको मुख्य उद्देश्य बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकास गर्नुका साथै उनीहरूमा रहेको क्षमतालाई थप विकास गर्ने रहेको बताइन्। बालबालिकालाई आफ्नो क्षमता देखाउने अवसर र सकारात्मक वातावरण उपलब्ध गराउन सके उनीहरूले समाजमा नयाँ र सिर्जनात्मक काम गर्न सक्ने उनको भनाइ थियो।

श्रेष्ठले अधिवेशनले संस्थाका सदस्य तथा प्रतिनिधिबीच अनुभव आदानप्रदानका साथै आगामी दिनमा नयाँ सोच र योजनाका साथ काम गर्ने अवसर प्रदान गरेको बताइन्। बालबालिका तथा युवाको क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा अप्टिमिष्ट इन्टरनेसनलका संस्थापक गभर्नर उदय निरौलाले संस्थाको उद्देश्य र सामाजिक सेवामा यसको भूमिकाबारे धारणा राखेका थिए। उनले संस्थाको अभियानलाई थप प्रभावकारी बनाउन सदस्य, समुदाय र सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै, ओआईएनका अध्यक्ष पृथ्वीराज थापाले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै बालबालिका तथा युवाको क्षमता विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए। उनले संस्थामार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमलाई विस्तार गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनलका पूर्व अध्यक्ष बिक्रम ढुकुच्छु, उपभोक्ता मञ्च नेपालका प्रतिनिधि तथा नेसनल प्याब्सन भक्तपुर जिल्ला सचिव रत्न राईलगायतको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले सामाजिक उत्तरदायित्व, बालबालिकाको अधिकार, शिक्षा तथा क्षमता विकासका विषयलाई आपसमा जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

अधिवेशनको सञ्चालन सचिव विजय सत्यालले गरेका थिए। कार्यक्रममा रुबी भ्याली स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

अप्टिमिष्ट इन्टरनेसनलले बालबालिका तथा युवाको सामाजिक, मनोवैज्ञानिक र नेतृत्व क्षमता विकाससँगै विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। भक्तपुरमा आयोजित एसिया डिस्ट्रिक्ट अधिवेशनमा संस्थाको आगामी कार्यदिशा, सामाजिक सेवाका कार्यक्रम तथा बालबालिका र युवाको क्षमता विकासलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि