काठमाडौं । देशभर मनसुनी वर्षाको प्रभाव जारी रहँदा बाढी र पहिरोका कारण अवरुद्ध सडकहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। हिजो बिहानदेखि रोकिएका विभिन्न सडकखण्डमा आज पनि सवारीसाधन सञ्चालन ठप्प नै छन्। बाढी र पहिरोको जोखिम नघटेकाले तत्काल यातायात पुनः सञ्चालन नगर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ। हिजो ठूलो वर्षा सुरु भएपछि सरकारले सुरक्षा…