२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

वर्षाको प्रभावः देशभरका प्रमुख सडकहरु अझै अवरुद्ध, जोखिम कायमै



काठमाडौं । देशभर मनसुनी वर्षाको प्रभाव जारी रहँदा बाढी र पहिरोका कारण अवरुद्ध सडकहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। हिजो बिहानदेखि रोकिएका विभिन्न सडकखण्डमा आज पनि सवारीसाधन सञ्चालन ठप्प नै छन्। बाढी र पहिरोको जोखिम नघटेकाले तत्काल यातायात पुनः सञ्चालन नगर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।

हिजो ठूलो वर्षा सुरु भएपछि सरकारले सुरक्षा दृष्टिले आजसम्म काठमाडौँ उपत्यका जोड्ने तथा लामो दूरीका सडकहरूमा सवारी सञ्चालनमा रोक लगाएको थियो। कतिपय स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा अझै पहिरो खस्ने जोखिम उच्च रहेकाले सडक खोल्ने प्रक्रिया ढिलो हुनसक्ने जनाइएको छ।

सडकको अवस्था स्थिर भएपछिमात्र आवागमन पुनः सुरु गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। कतिपय ठाउँमा आंशिक रूपमा सडक खुले पनि धेरै ठाउँमा अझै पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरू — नागढुङ्गा, गोदाम र टखेल सडकखण्डमा हिजो बिहान सात बजेदेखि दुबै दिशातर्फ सवारी रोकिएको छ। यस्तै, बीपी र अरनिको राजमार्गमा पर्ने धुलिखेल–सिन्धुपाल्चोक सीमासम्मको खण्डमा समेत अनिश्चितकालका लागि यातायात बन्द गरिएको छ। बीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि सो मार्ग सञ्चालनमा आउन नसकेको जनाइएको छ।

पासाङ ल्हामु राजमार्गका विभिन्न भागमा सुख्खा पहिरो र ढुंगा झरेका कारण सडक बन्द छ। संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी–थुमसुर र खाँदबारी–किमाथांका सडकखण्डमा पनि बाढी र पहिरोले यातायात अवरुद्ध पारेको छ। बरुण खोलामा ह्युम पाइप बगाउँदा राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

अरनिको राजमार्गको चारकिलो क्षेत्रमा पटक–पटक सडक भासिँदा ठूला सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ। हिजो मात्र झन्डै १५ मिटर सडक भासिएपछि सो खण्ड पुनः पूर्ण रूपमा बन्द गरिएको छ।

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाडौँ सडक, चितवनको नारायणगढ–मुग्लिङ सडक, कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकमा समेत बाढी र पहिरोका कारण आवागमन रोकिएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गको गजुरी–५ र ६ तथा बेनिघाट रोराङ–१० का विभिन्न स्थानमा पहिरो खसेपछि सवारी रोकिएको छ। यस्तै, मध्यपहाडी लोकमार्गका धनकुटा र सिन्धुली आसपासका क्षेत्रमा पनि सडक भासिएर अवरुद्ध भएको छ।

प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न, यात्रा गर्नै परेमा वैकल्पिक मार्ग रोज्न र निस्कनुअघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा कन्ट्रोल रुमसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई