८ आश्विन २०८३, बिहिबार । September 24, 2026

वर्षाको प्रभावः देशभरका प्रमुख सडकहरु अझै अवरुद्ध, जोखिम कायमै


१९ आश्विन २०८२, आइतबार  

12
Shares

काठमाडौं । देशभर मनसुनी वर्षाको प्रभाव जारी रहँदा बाढी र पहिरोका कारण अवरुद्ध सडकहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। हिजो बिहानदेखि रोकिएका विभिन्न सडकखण्डमा आज पनि सवारीसाधन सञ्चालन ठप्प नै छन्। बाढी र पहिरोको जोखिम नघटेकाले तत्काल यातायात पुनः सञ्चालन नगर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।

हिजो ठूलो वर्षा सुरु भएपछि सरकारले सुरक्षा दृष्टिले आजसम्म काठमाडौँ उपत्यका जोड्ने तथा लामो दूरीका सडकहरूमा सवारी सञ्चालनमा रोक लगाएको थियो। कतिपय स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा अझै पहिरो खस्ने जोखिम उच्च रहेकाले सडक खोल्ने प्रक्रिया ढिलो हुनसक्ने जनाइएको छ।

सडकको अवस्था स्थिर भएपछिमात्र आवागमन पुनः सुरु गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। कतिपय ठाउँमा आंशिक रूपमा सडक खुले पनि धेरै ठाउँमा अझै पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरू — नागढुङ्गा, गोदाम र टखेल सडकखण्डमा हिजो बिहान सात बजेदेखि दुबै दिशातर्फ सवारी रोकिएको छ। यस्तै, बीपी र अरनिको राजमार्गमा पर्ने धुलिखेल–सिन्धुपाल्चोक सीमासम्मको खण्डमा समेत अनिश्चितकालका लागि यातायात बन्द गरिएको छ। बीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि सो मार्ग सञ्चालनमा आउन नसकेको जनाइएको छ।

पासाङ ल्हामु राजमार्गका विभिन्न भागमा सुख्खा पहिरो र ढुंगा झरेका कारण सडक बन्द छ। संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी–थुमसुर र खाँदबारी–किमाथांका सडकखण्डमा पनि बाढी र पहिरोले यातायात अवरुद्ध पारेको छ। बरुण खोलामा ह्युम पाइप बगाउँदा राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

अरनिको राजमार्गको चारकिलो क्षेत्रमा पटक–पटक सडक भासिँदा ठूला सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ। हिजो मात्र झन्डै १५ मिटर सडक भासिएपछि सो खण्ड पुनः पूर्ण रूपमा बन्द गरिएको छ।

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाडौँ सडक, चितवनको नारायणगढ–मुग्लिङ सडक, कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकमा समेत बाढी र पहिरोका कारण आवागमन रोकिएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गको गजुरी–५ र ६ तथा बेनिघाट रोराङ–१० का विभिन्न स्थानमा पहिरो खसेपछि सवारी रोकिएको छ। यस्तै, मध्यपहाडी लोकमार्गका धनकुटा र सिन्धुली आसपासका क्षेत्रमा पनि सडक भासिएर अवरुद्ध भएको छ।

प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न, यात्रा गर्नै परेमा वैकल्पिक मार्ग रोज्न र निस्कनुअघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा कन्ट्रोल रुमसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको