२९ चैत्र २०८२, आइतबार । April 13, 2026

उच्च रक्तचाप र ड्यास डाइट (DASH-Diet)



सामान्यतया उच्च रक्तचापको कुनै लक्षण हुँदैन् । सिस्टोलिक प्रेसर १२० र डियास्टोलीक प्रेसर ८० भन्दा माथिको मापनलाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचापको कारणले टाउको दुख्ने भन्ने गरिन्छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुन सक्छ ।

के हो ड्यास डाइट ?
ड्यास डाइट भनेको डाइटरी अप्रोच टु स्टोप हाईपरटेन्सन ( Dietary Approach to Stop Hypertension) हो । यसको अर्थ उच्च रक्तचाप रोक्न खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै, नुनको ज्यादा प्रयोग, चिल्लो खाना, रिफाइन कार्बोहाईड्रेट युक्त खाना, बढी गुलियो युक्त खाना र साग पात जस्ता फाइबरको कमि भएका खानाले उच्च रक्तचापको जोखिम बढाउँछ । यस्ता खानेकुरा सकेसम्म कम प्रयोग गरेकै राम्रो हुन्छ ।

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । चुरोटको प्रयोग पूर्णरुपले बन्द गर्नुपर्छ । यसको अरिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक कशरत गर्ने र नुनिलो खानेकुराहरुको कम प्रयोग गर्ने जस्ता उपायहरु गर्नुपर्छ । फलफुल र सागसब्जीहरु स्वास्थ्यको लागि धेरै राम्रोे हुन्छ । दैनिक आहारमा २ देखि ३ पटक फलफुलको प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ ।

रेडिमेड खानाहरुको प्रयोग नगर्नु राम्रो हुन्छ । बट्टामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ । नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बच्न सकिन्छ । त्यसैले घरबाहिरको खाना कम खादा उच्च रक्तचापको जोखिम कम गर्न सकिन्छ ।

उच्च रक्तचापबाट बच्ने उपायहरु
१. दैनिक १ घण्टा हिडडुल गर्ने
२. स्वास्थ आहारको सेवन
३. मोटोपन घटाउने
४. मदिरा र चुरोटको सेवनमा रोक
५. मानसिक तनावमा कमी

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व