७ माघ २०८१, सोमबार । January 20, 2025

उच्च रक्तचाप र ड्यास डाइट (DASH-Diet)



सामान्यतया उच्च रक्तचापको कुनै लक्षण हुँदैन् । सिस्टोलिक प्रेसर १२० र डियास्टोलीक प्रेसर ८० भन्दा माथिको मापनलाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचापको कारणले टाउको दुख्ने भन्ने गरिन्छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुन सक्छ ।

के हो ड्यास डाइट ?
ड्यास डाइट भनेको डाइटरी अप्रोच टु स्टोप हाईपरटेन्सन ( Dietary Approach to Stop Hypertension) हो । यसको अर्थ उच्च रक्तचाप रोक्न खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै, नुनको ज्यादा प्रयोग, चिल्लो खाना, रिफाइन कार्बोहाईड्रेट युक्त खाना, बढी गुलियो युक्त खाना र साग पात जस्ता फाइबरको कमि भएका खानाले उच्च रक्तचापको जोखिम बढाउँछ । यस्ता खानेकुरा सकेसम्म कम प्रयोग गरेकै राम्रो हुन्छ ।

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । चुरोटको प्रयोग पूर्णरुपले बन्द गर्नुपर्छ । यसको अरिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक कशरत गर्ने र नुनिलो खानेकुराहरुको कम प्रयोग गर्ने जस्ता उपायहरु गर्नुपर्छ । फलफुल र सागसब्जीहरु स्वास्थ्यको लागि धेरै राम्रोे हुन्छ । दैनिक आहारमा २ देखि ३ पटक फलफुलको प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ ।

रेडिमेड खानाहरुको प्रयोग नगर्नु राम्रो हुन्छ । बट्टामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ । नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बच्न सकिन्छ । त्यसैले घरबाहिरको खाना कम खादा उच्च रक्तचापको जोखिम कम गर्न सकिन्छ ।

उच्च रक्तचापबाट बच्ने उपायहरु
१. दैनिक १ घण्टा हिडडुल गर्ने
२. स्वास्थ आहारको सेवन
३. मोटोपन घटाउने
४. मदिरा र चुरोटको सेवनमा रोक
५. मानसिक तनावमा कमी

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको